१७ बैशाख २०८१, सोमबार 1714390197
प्रदेश

मिटरब्याजी रामदेवलाई पक्राउको माग गर्दै राजविराजमा प्रदर्शन

सप्तरी– सप्तरीमा मिटरब्याजबाट पीडित भएकाहरुले प्रदर्शन गरेको छ ।

मिटरब्याजी सप्तरीको खडक नगरपालिका वडा नम्वर ७ कल्याणपुरका रामदेव साह तेलिबाट पीडित भएकाहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न गाउँबाट भेला भएका पीडितहरुले नाराबाजी गर्दै राजविराज बजार परिक्रमा गरेका छन् ।

ऋण तिरिसकेको जग्गा फिर्ता गर, रामदेव साहलाई पक्राउ गर, गैरकानुनी कार्यमा सलंग्न साह परिवारलाई कारवाही गर, लगायतको प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले जुलुस निकालेका छन् ।

प्रहरीले जेष्ठ २६ गते रामदेव साह तेलीका छोरा नन्दकिशोरलाई बिहीबार सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट आइतबार पक्राउ गरेका छन् ।