१७ बैशाख २०८१, सोमबार 1714388264
Banner

राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट पुबुदु दासानायकेले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । आज (बुधबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

श्रीलंकाली पूर्वक्रिकेटर दासानायके गत मंसिरमा दोस्रोपटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले जिम्मेवारी सम्हालेयता नेपाली टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । हालै लिग २ क्रिकेटअन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले खराब प्रदर्शन गरेको थियो ।

यस भ्रमणमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरोको थियो भने स्कटल्यान्डविरुद्ध एक हार र एक जितको मिश्रित नतिजा निकालेको थियो । अपेक्षित प्रदर्शन गर्न नसकेपछि नेपालको एकदिवसीय स्टाटस कायम राख्न समस्या पर्ने देखिएको छ । यस्तै, २०२३ को विश्वकप खेल्ने नेपालको सपना पनि चुनौतिपूर्ण बनेको छ ।