१९ बैशाख २०८१, बुधबार 1714621260
कला/साहित्य

निता र हरिहरले लगनगाँठो कसे

काठमाडौँ । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गर्नुभएको हो ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ मात्र सहभागी थिए ।

निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्नुभएको छ ।