२०७९ आश्विन १६ आईतवार 1664768519
कला/साहित्य

अभिनेती नीता ढुंगाना आज वैवाहिक बन्धनमा बाँधिदै

काठमाडौँ । ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आज विवाह गर्ने भएका छन् ।

होटेल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । विवाहमा परिवार र निकटका साथीहरूलाई मात्र निम्त्याउने तयारी दुवै पक्षको रहेको स्रोत बताउँछ । तर विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरिरहेका छन् । नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो ।