१४ बैशाख २०८१, शुक्रबार 1714173302
Banner

स्वतन्त्र उमेदवार बालेनको अग्रता झनै बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाएका छन् ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ६ सय २२ मत पाएका छन् भने उनले नेकपा एमालेका केशव स्थापितलाई १० हजार ५८६ मतले पछि पारेका छन्।

५५हजार ६८९ मत गणनामा स्थापितले ११०३६ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १०२६७ मत पाएकी छन्। उनी स्वतन्त्र उम्मेदवारभन्दा ११३५५ मतले पछि छन् भने केशव स्थापितभन्दा ७६९ मतले पछि छन्।