१४ बैशाख २०८१, शुक्रबार 1714110966
खेलकुद

प्रशिक्षण क्याम्पमा रहेका ९ फुटबल खेलाडीको विद्रोह

एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । बन्द प्रशिक्षणका लागि दशरथ रंगशाला नजिकै होटलमा राखिएका ९ जना खेलाडीले प्रशिक्षक अल्मुताइरीको ब्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । 

खेलाडीले मंगलबारनै होटल छाडेपनि बुधबार बिहान  प्रशिक्षणमा नआएपछि टोली ब्यवस्थापनलाई थाहा भएको थियो । क्याम्प छाड्नेमा टोलीका सिनियर खेलाडी रोहित चन्द देखि अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ, दीनेश राजवंशी, विशाल राई, सुमन लामा र विशाल श्रेष्ठ हुनुहुन्छ । टोलीका सिनियर खेलाडी चन्दले सुरुमा प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोख्नुभएको थियो ।

रोहित पछिल्लो केही दिनदेखि प्रशिक्षणमा नआएपछि प्रशिक्षक र रोहितबीच विवाद भएको थियो । विवादपछि रोहितले होटल छाडेको र रोहितसँगै अन्य खेलाडीले पनि होटल छाडेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षण क्याम्प छाडेका खेलाडीसँग आफुले बुधबार कुरा गरेको बताउनुभयो ।