२३ बैशाख २०८१, आईतवार 1714940388
खेलकुद

जिम्बाब्वे ए विरुद्ध नेपाल फिल्डिङ गर्दै

काठमाडौँ– टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्ने भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार हुने खेलमा टस जितेसँगै नेपालले फिल्डिङ रोजेको हो । आज नेपाल आफ्नो पहिलो जितको खोजीमा रहेको छ । सिरिजअन्तर्गतको आइतबार पहिलो खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको खेल भने निरन्तर वर्षाका कारण रद्द भएको थियो । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।