१५ बैशाख २०८१, शनिबार 1714197316
Banner

इटहरी उपमहानगरपालिकाको मेयरमा याम सुब्बालाई उम्मेदवार बनाउने तयारी

काठमाडौं– नेकपा (एमाले)ले इटहरी उपमहानगरपालिकाको मेयरमा याम सुब्बालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

तल्ला कमिटीको सिफारिसमा एमाले सचिवालयले मेयरमा सुब्बा र उपमेयरमा सरिता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सचिवालय बैठक आज नै बस्दैछ ।

एमालेले इटहरीमा दुवै नयाँ अनुहारलाई मैदानमा उतार्ने तयारी गरेको छ ।

सुब्बा चार कार्यकाल इटहरी पार्टी प्रमुख भएर काम गरिरहनुभएको छ भने चौधरी नगरस्तरीय नेतृ हुनुहुन्छ ।