१७ बैशाख २०८१, सोमबार 1714441116
Banner

नयाँ सत्ता समिकरण ढाल्न देशी-विदेशी शक्तिले षड्यन्त्र गरिरहेका छन्: अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी मान्छेलाई ठग्ने ठाउँ बनेको टिप्पणी गर्नुभएको छ।

एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय सहकारी ठीकै चलेका छन्, केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ। केही गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर बदनाम गरेर ठगेका छन्। लाखौं मान्छेहरु लुटिएका छन् । अर्बौं लुटेका छन् । त्यसैले सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ। विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग ल्याउनुपर्छ । त्यसका लागि हाम्रो पार्टीका सबै तहका नेताहरुले अगुवाइ गर्नुपर्छ।’ ओलीले अहिलेको नयाँ समीकरण भत्काउनेको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको बताउनु भएको छ। । 

उहाँले भन्नुभयो ‘अहिले हामीले नयाँ समीकरण बनाएका छौं । कतिपयले ओलीले अर्थ, गृहमन्त्रालय पनि छाड्यो भनिरहेका छन्, हामीले गठबन्धन ढाल्नुथ्यो ढाल्यौं, अहिले हाम्रो सरकार, हाम्रो प्रधानमन्त्री, हाम्रो गृहमन्त्री छन्, मैले उहाँलाई पोहोरै प्रधानमन्त्री बनाएको थिएँ उहाँ झुक्निुभयो, अलमलिनुभयो । अहिले उहाँले शाहसिक निर्णय गर्नुभएको छ, देशको पक्षमा पक्षमा निर्णय गर्नुभएको छ, अहिले यो समीकरण ढाल्नको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेका छन्, केही घटना घटिहाल्यो भने साथीहरुले अफ्ठ्यारो नमान्नुहोला, लौ बर्बाद भयो भनेर, केही हुँदैन ।’

उहाँले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेकोबताउनुभयो  ।

उहाँले  तत्कालीन नेकपाभित्रको विवादलाई स्मरण गर्दै प्रचण्ड माधवलाई लक्षित गर्दै भन्नुभयो  ’हाम्रो पार्टी कब्जा गर्ने प्रयासहरु भए, पार्टी एकीकरण गरियो, केही फुटेर जानुभयो। एकताको पक्षमा बस्ने रामबहादुर थापा बादलहरुलाई सांसदबाट निस्कासन, गरियो उहाँले सांसदबाट निकालिएको मात्रै व्यहोर्नुभयो। मलाई त साधारण सदस्यबाट पनि नरहने भविष्यमा पनि कम्युनिष्ट पार्टीको सदस्य बन्न नपाउनेगरी निष्कासन गरेका थिए। तर, एमाले फेरि उठ्यो ।’

ओलीले अहिलेको नयाँ समीकरण भत्काउनेको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको बताउुभएको छ। । 

उहाँले भन्नुभयो ‘अहिले हामीले नयाँ समीकरण बनाएका छौं । कतिपयले ओलीले अर्थ, गृहमन्त्रालय पनि छाड्यो भनिरहेका छन्, हामीले गठबन्धन ढाल्नुथ्यो ढाल्यौं, अहिले हाम्रो सरकार, हाम्रो प्रधानमन्त्री, हाम्रो गृहमन्त्री छन्, मैले उहाँलाई पोहोरै प्रधानमन्त्री बनाएको थिएँ उहाँ झुक्निुभयो, अलमलिनुभयो । अहिले उहाँले शाहसिक निर्णय गर्नुभएको छ, देशको पक्षमा पक्षमा निर्णय गर्नुभएको छ, अहिले यो समीकरण ढाल्नको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेका छन्, केही घटना घटिहाल्यो भने साथीहरुले अफ्ठ्यारो नमान्नुहोला, लौ बर्बाद भयो भनेर, केही हुँदैन ।’

उहाँले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको बताउनुभयो  । उहाँले  तत्कालीन नेकपाभित्रको विवादलाई स्मरण गर्दै प्रचण्ड माधवलाई लक्षित गर्दै भन्नुभयो  ’हाम्रो पार्टी कब्जा गर्ने प्रयासहरु भए, पार्टी एकीकरण गरियो, केही फुटेर जानुभयो। एकताको पक्षमा बस्ने रामबहादुर थापा बादलहरुलाई सांसदबाट निस्कासन, गरियो उहाँले सांसदबाट निकालिएको मात्रै व्यहोर्नुभयो। मलाई त साधारण सदस्यबाट पनि नरहने भविष्यमा पनि कम्युनिष्ट पार्टीको सदस्य बन्न नपाउनेगरी निष्कासन गरेका थिए। तर, एमाले फेरि उठ्यो ।’