१७ बैशाख २०८१, सोमबार 1714453266
Banner

नागढुंगासिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रू गरेका हुन् । सुरुङको ब्रेक थ्रुका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति थियो ।

काठमाडौंको चन्द्रागिरि, बलम्बूबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्गको लम्बाइ २ हजार ६६७ मिटर छ । आयोजनाको आपतकालीन सुरुङ गत साउनमै बनिसकेको थियो । मुख्य सुरुङ खन्ने काम छिचोलिए पनि गाडी चलाउनका लागि भने अझै एक वर्ष कुर्नुपर्ने छ ।

सुरुङभित्रको सडक ढलानका साथै बत्ती र अक्सिजन पाइप जडानको काम काम बाँकी छ । सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सकिनुपर्ने थियो ।

काठमाडौं भित्रिने सवारी साधनको जाम कम गर्न र दुरी घटाउन बनाइएको यो सुरुङमार्गमा तीनवटा अन्डरपास छन् । त्यसैगरी, चारवटा बक्स कल्भर्ट र एउटा ओभरपास पनि छन् ।

राजमार्गको काठमाडौं–धादिङ खण्डलाई जोड्ने यो मार्गमा तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा–सिस्नेरी सुरुङमार्ग आयोजना कार्यालयको भनाइ छ ।