१५ बैशाख २०८१, शनिबार 1714231810
Banner

आयरल्यान्ड एले नेपाल एलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई जितका लागि २२३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो । आयरल्याण्डका पिटर मुरले ३२ बलमा ४९ रन बनाए ।नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले समान १/१ विकेट हात पारे ।

चोटका कारण टिम बाहिर रहेका ऐरी दुई वर्षपछि खेलमा फर्किएका हुन ।