१५ बैशाख २०८१, शनिबार 1714217124
पालिका

सूर्यविनायक नगर कमिटीको १८ औं पूर्ण बैठक सम्पन्न

काठमाडौँ। नेकपा एमाले सूर्यविनायक नगरकमिटी भक्तपुरको १८ औं पूर्ण वैठक सम्पन्न भएको छ।

शुक्रबार नगरकमिटी अध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षता एवं भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाको प्रमुख आतित्थ्यतामा वैठक सम्पन्न भएको हो। बैठकमा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टी सदस्यता नविकरणलाई पहिलो प्राथमिकता दिएर अघि बढन निर्देशन दिनुभयो ।

उहाँले चैत्रको मसान्तभित्र सबैले अनिवार्य सदस्यता नविकरण गर्नुपर्ने बताउनुभयो । अध्यक्ष देउजाले भन्नुभयो, ‘अबको १५ दिनभित्र सदस्यता नविकरण गरेर काममा सक्रियता देखाउनुहोस, अर्कोे बैठकमा वडा कमिटिका अध्यक्षले मेरो वडामा यति सदस्यको नविरण भयो भनेर पेश गर्नुहोला ।’ समयमा नविकरण नगर्ने जो कोहीको आफुले लिएको पद स्वत खारेज हुने उहाँको चेतावनी थियो । पार्टीमा नयाँ सदस्य बन्न चाहने र पार्टी सदस्य बन्न योग्य भएकालाई जुनसुकै समयमा पनि सदस्य बनाउन सकिने उहाँले बताउनुभयो । नयाँ सदस्य बन्नका लागि अहिले पहिलाको जस्तो यो महिनाको यो मितिमा बनाउने भन्ने खालको प्रावधान नभएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिलेको मुख्य काम पार्टी सदस्यता नविकरणसँगै नयाँ सदस्य थप्दै लैजानुपर्छ उहाँले भन्नुभयो । संगठनात्मक रुपमा पार्टीलाई स्मार्ट ढंगले परिचालन गर्न पार्टीका सवै नवीकृत सदस्यलाई पार्टीको एप्समा जोडिन पनि उहाँको आग्रह थियो ।

बैठकलाई सम्बोधन गदै नगरकमिटी अध्यक्ष रविन्द्र सापकोटाले नगरका १० वटै वडामा आगामी चैतको मसान्तभित्र सदस्यता नविकरणलाई पहिलो प्राथमिकता दिएर कार्य अघि बढिरहेको बताउनुभयो । उहाँले २०८१ चैत महिनासम्म को सदस्यता शुल्क अहिले नै तिरेर सदस्यता नविकरण गर्नुैपर्ने बताउनुभयो ।

साथै यस पटक पार्टीको केन्द्रिय कार्यालय भवन निमार्णका लागि प्रत्येक सदस्यले अनिवार्य रुपमा एक सय थप सहयोग गर्नुपर्ने बताउनुभयो । सदस्यता नविकरण गराउने कार्यमा सम्बन्धीत कमिटीको वा कार्यकर्ताको मुल्यांकनको बिषय बन्ने उहाँको भनाइ थियो ।

एमाले पार्टी कार्यालय भक्तपुरमा बसेको नगरकमिटीको १८ औं पुर्ण वैठकमा भक्तपुर जिल्ला कमिटी सदस्यहरू, नगरकमिटि सदस्य एवं वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।