१५ बैशाख २०८१, शनिबार 1714226592
Banner

सुनको मूल्य दुई हजार एक सयले बढ्यो

काठमाडौँ, १६ चैत : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।