१६ बैशाख २०८१, आईतवार 1714292621
Banner

पाचौंपटक रूसको राष्ट्रपतिमा पुटिन निर्वाचित हुने निश्चित

काठमाडौं । पाचौंपटक रूसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने निश्चित भएको छ। तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित हुन लागेका हुन्।

Russian President Vladimir Putin speaks during a news conference after a meeting of the State Council on youth policy in Moscow, Russia, December 22, 2022. Sputnik/Sergey Guneev/Pool via REUTERS

गणना अन्तिम चरणमा पुग्दा ८७ प्रतिशत मत पुटिनको पक्षमा भएको बताइएको छ। रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा मतदान भइरहेको छ।

पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिएका छन्। कतिपय स्थानमा उनका समर्थकले विजयोत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ। जितसँगै पुटिन सन् २०३० सम्म सत्तामा रहने छन्।

रुसमा प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेको थियो। तर सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि बनाइएको थियो।