२९ बैशाख २०८१, शनिबार 1715433455
Banner

गुल्मीमा मलामी चढेको जिप दुर्घटना १ जनाको मृत्यु, १२ घाइते

गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ४ मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो । जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

घाइतेमध्ये चारजनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ। अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ।