१५ बैशाख २०८१, शनिबार 1714238568
पालिका

बूढानीलकण्ठ नगरपालिका १२ नम्वर वडाको आफनै सुविधासम्पन्न भवन बन्ने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ को खरिवोट अगाडिको शिव मन्दिर प्राङ्गगडमा वडाको भवन बन्ने भएको हो । बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र वडा अध्यक्ष शम्भु भट्टराईले आज प्रसासनिक भवनको जग पुजा तथा शिलान्यास गर्नुभयो ।

भवन शिलान्यास कार्यक्रममा बोल्नुहुदै मेयर मिठाराम अधिकारीले आफनो कार्यकालमा नगरपालिकाका १३ वटै वडालाई आफनै सुविधासम्पन्न भवनमा सार्ने योजना रहेको बताउनुभयो ।

जस अन्र्तगत छिटै वडा नम्बर १,२,३ को कार्यालय आफनै भवनमा सर्ने तयारी भइरहेको ९ र ४ वडा कार्यालयको भवन शिलान्यास पनि छिटै गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो ।

बूढानिलकण्ठ नगरबासीलाई वडाको काममा सुविधा दिनका लागि नगरपालिकाबाट बजेट निकासा गरेर जति सक्दो छिटो वडाका आधुनिक भवन निमार्ण गरिने उहाँको जोड थियो ।

शिलान्यास कार्यक्रममा बूनपा १२ का वडा अध्यक्ष शम्भु भट्टराईले वडाको आफनै सुविधा सम्पन्न भवन हुनुपर्छ भन्ने मान्यताका आधारमा वडाको भवन बन्न लागेको बताउनुभयो । झण्डै २ रोपनी १३ आना क्षेत्रफलमा निमार्ण हुने उक्त भवनसगै रेडक्रस भवन, मन्दिर पनि रहेको उहाँले बताउनुभयो । नवनिर्मित भवनमा अध्यक्षको कार्यकक्ष, वडा सदस्यको कार्यकक्ष, राजस्व शाखा, दर्ता चलानी शाखा, परिचयपत्र, नागरिकता दिने सेवा लगायत अन्डरग्राउण्ड पार्किङ्ग, योगा हल रहेका छन । भवनलाई पुर्ण रुपमा अपांङ्गमैत्री तथा बालमैत्री बनाइएको वडा अध्यक्ष भट्टराईले बताउनुभयो ।

करिब ३ करोड भन्दा माथिको लागतमा निमार्ण कार्य सकिने लक्ष्य राखिएको वडा अध्यक्षले बताउनुभयो । निमार्ण कार्य थालेको करिब १८ महिनामा भवन निमार्णको कार्य सम्पन्न हुने वडा अध्यक्षले बताउनुभयो ।

वडा भवनको जग पुजा कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीसहित वडा नम्बर १, २, ६, ७,९ का वडा अध्यक्षहरु साथै स्थानीयको सहभागिता रहेको थियो ।