१६ बैशाख २०८१, आईतवार 1714331616
कला/साहित्य

प्रा.डा. ऋषिराम शर्मा सहित तीन स्रष्टालाई ‘झपट पुरस्कार’

काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिले काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिएबापत साहित्यकार कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

समितिका सदस्यसचिव रेखा राणाद्वारा प्रेषित विज्ञप्तिअनुसार प्राकृतिक चिकित्साका क्षेत्रमा समर्पित डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

दुवै पुरस्कारका साथ नगद राशि जनही एक लाख रुपियाँ प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, कथाकार गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरेका प्रा.डा. ऋषिराम शर्मालाई २०८० सालको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।