२७ बैशाख २०८१, बिहीबार 1715237244
Banner

दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं । हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो । क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ । यसवारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।