११ जेष्ठ २०८१, शुक्रबार 1716569798
Banner

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने नेता प्रकाश शरण महतले बताउनुभयो ।

शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको उहाँले बताउनुभयो । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो।

शुक्रबार शुरु हुने अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ।