१६ बैशाख २०८१, आईतवार 1714318788
Banner

मेयर उपमेयरको विवादले गरुडा नगरपालिका दुई सातादेखि तालाबन्दी, सर्वसाधारण मारमा

रौतहट- रौतहटको गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच विवाद हुँदा करिब दुई सातादेखि तालाबन्दी गरिएको छ । फरक-फरक बिषयमा असन्तुष्ट बनेका जनप्रतिनिधि र कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन् ।

फरक-फरक दलबाट विजय भएका गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरीबीचको विवादका कारण स्थानीयले पाउनुपर्ने सेवा ठप्प बनेको छ ।

गरुडा नगरपालिकाका प्रमुख कलवारले एकलौटी निर्णय गरेको र अन्य पदाधिकारीलाई निषेध गरेको भन्दै उपप्रमुख चौधरीसहितको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । दुवैजना एक अर्काविरूद्व सार्वजनिक रूपमा आरोप-प्रत्यारोपमा उत्रिएका छन् । मेयर कलवार र उपमेयर चौधरीले एकअर्कामाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै आएका छन् ।

उपप्रमुख चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्ना जारी छ । कार्यपालिकाको नियमित बैठक गर्नुपर्ने, नगरसभाका निर्णय सार्वजनिक गर्नुपर्ने लगायतका मागसहित जनप्रतिनिधि नै आन्दोलित भएका हुन् । पटक-पटक वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेपनि बिभिन्न किसिमका बहाना बनाई बदनाम गराउन खोजेको नगरपालिका प्रमुख कलवारको भनाई छ ।