१४ बैशाख २०८१, शुक्रबार 1714175461
Banner

भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज

काठमाडौं । सत्तागठबन्धनले आज तालमेलको मोडालिटी टुंग्याउन ‘निर्णायक’ बैठक गर्दैछ ।

हिजो गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।

गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ । तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ । यद्यपि, कतिपय स्थानीय तह, जिल्लामा गबठन्धन हुन नहुने आवाज पनि उठिरहेको छ ।

खासगरी गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको एक पक्ष सबै ठाउँमा चुनावी तालमेल गर्ने कुराको विपक्षमा छ ।