२०७९ आश्विन १२ बुधबार 1664368233
समाचार

एमाले अध्यक्ष ओली आज सिद्धिपुर आउँदै

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज महालक्ष्मी नगरपालिका– ६ सिद्धिपुर आउनु हुने भएको छ ।

एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाउन अध्यक्ष ओली सिद्धिपुर आउन लाग्नुभएको युवा संघ नेपाल, महालक्ष्मीका अध्यक्ष सुजित बस्नेत ‘प्रलय’ले जानकारी दिनुभयो ।

कार्यक्रममा संगठन डायरी, वार्षिक भित्ते पात्रो विमोचन र एमाले चुनावी गीतको प्रिमियर कार्यक्रम राखिएको छ ।

कार्यक्रम बिहान ११ बजेदेखि सिद्धिपु पार्टी प्यालेसमा हुनेछ ।