१४ बैशाख २०८१, शुक्रबार 1714179388
Banner

आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ ।

भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।