१४ बैशाख २०८१, शुक्रबार 1714169057
खेलकुद

नेपाल खेलकुद महासंघ तेहथुम जिल्ला कमिटिको अध्यक्षमा प्रवीण शंकर

काठमाडौं । नेपाल खेलकुद महासंघ तेहथुम जिल्ला कमिटिको अध्यक्षमा प्रवीण शंकर निर्वाचित हुनुभएको छ । शुक्रवार तेहथुममा सम्पन्न जिल्ला कमिटिको अधिवेशनले शंकरको अध्यक्षतामा ४५ सदस्यीय कमिटी निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्षमा प्रबिन शंकर,उपाध्यक्षमा नुना हाङ लिम्बू, पबित्रा कार्की, सचिवमा सागर पोखरेल,कोषाध्यक्षमा राधिका ढुंगाना लगायतलाई चयन गरेको छ ।

नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका नेता प्रतिनिधि सभा सदस्य विजय सुब्बा,नेकपा एमाले केन्द्रिय कमिटि सदस्य बिष्णुमाया बि.क.,नेपाल खेलकुद महासंघका प्रदेश १ कमिटी अध्यक्ष राजकुमार थापा, म्याङ्लुङ नगरपालिका प्रमुख सन्जय तुम्बाङ्वे,उपप्रमुख पार्वती सानु डाँगी लगायत नेताहरुको सहभागिता रहेको थियो।