६ बैशाख २०८१, बिहीबार 1713498630
खेलकुद

माछापुच्छ्रे कपको उपाधि लुम्बिनीलाई

भैरहवा । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ । 

सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब, झन्डीबजारलाई ट्राइ बेकरमा ४–२ गोल फरकमा जित निकालेको हो।

दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी पछि खेल ट्राइ बेकरमा पुगेको थियो। 

माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९ औँ मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए। खेलको ट्राइ बेकरमा ४–२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब विजयी भयो ।

खेलभरिको सर्वाधिक गोलकर्तामा भैरभ एफ सी, नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवी नगर का मिलन आले घोषित भए । दुवै जनाले चार –चार गोल गरेर सर्वाधिक गोलकर्ताको रूपमा पुरस्कृत भए।

खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी विनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथि सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गर्नुभयो । 

२८औँ माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुँदै आएको थियो ।