२६ बैशाख २०८१, बुधबार 1715149701
Banner

एलन मस्कको एक ट्वीटले ७५ मिलियन डलरको घाटा

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्स (पहिले ट्विटर)लाई यस वर्षको अन्त्यसम्ममा करिब ७५ मिलियन डलरको घाटा हुने भएको छ ।

जुन विज्ञापन राजस्वमा हुने देखिन्छ । धेरै ठूला कम्पनीहरूले क्रिसमसमा आफ्नो मार्केटिङ अभियान रोकेका कारण यो घाटा हुने देखिएको हो ।

संचार माध्यमका अनुसार यो सबै एलन मस्कको एक ट्वीटका कारण भइरहेको छ। यस ट्वीटलाई लिएर मस्क यहूदी विरोधी भएको आरोप लगाइएको छ।