२७ बैशाख २०८१, बिहीबार 1715244321
Banner

एमालेले कोशी प्रदेशमा कांग्रेसका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिए पनि आज बसेको संसदीय दलको बैठकले तत्काल नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता नलिने घोषणा गरेको हो ।

यसअघि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनाउने निर्णय गरेपछि सोविरुद्ध निर्णय लिँदै कांग्रेस शेखर समूहले विद्रोह गरी नेकपा एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो ।