२९ बैशाख २०८१, शनिबार 1715475966
Banner

युएईलाई हराउँदै नेपाल विश्वकपमा

काठमाडौँ- यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित टी २० विश्वकपमा नेपालले पहिले पटक सहभागिता जनाएको थियो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ रन जोडे । गुल्शन झाले २२ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ११ रन बनाए ।

टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो । यूएईका लागि भृत्य अरवीन्दले ६४, कप्तान मोहम्मद वसिमले २६ रन बनाए । नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

नेपालले यसअघि पनि सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो।