२९ बैशाख २०८१, शनिबार 1715432161
Banner

ओमनको बहराइनमाथि सहज जीत, विश्वकपमा स्थान पक्का

काठमाडौं । ओमानले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाएको छ ।

काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनमाथि १० विकेटका सहज निकालेको हो । योसँगै ओमानले अमेरिका र वेस्ट इन्डिजको टिकट काटेको हो ।

बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विनाविकेट क्षति १४।१ ओभरमा नै लक्ष्य भेट्यो ।
यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ । अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।