११ जेष्ठ २०८१, शुक्रबार 1716569878
अर्थ

वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग कार्यक्रम गलकोटमा सम्पन्न

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर ११ रिगामा सम्पन्न गरेको छ। बैंकले आधुनिक डिजिटल प्रविधिको युगमा यसलाई कसरी सुरक्षित र भरपर्दो तरिकाले प्रयोग गर्ने भन्ने विषयमा चेतनामुलक कार्यक्रम गरेको हो।

ग्लोबल आईएमई बैंक गलकोट शाखाका शाखा प्रमुख संजिब बस्नेतले बैंकले डिजिटल माध्यमबाट प्रदान गर्दै आएको सेवा सुविधालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सिकाउनु भएको थियो। उहाँले ग्राहकलाई बचत कसरी गर्ने, ऋण कसरी लिने, वित्तिय योजना कसरी बनाउने, क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी विभिन्न जानकारी दिनु भएको थियो। अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता नं र ओटिपि कोड माग्ने घटनाहरु भइरहेकोले यस्ता खालका ओटिपि कोड, पासवर्ड, पिनकोड कसैलाइ नदिनुहुन् अनुरोध गर्नुभयो।

कार्यक्रममा रिगा गाविसका वडा अध्यक्ष डम्बर बहादुर शिरिस, वडा सचिव, वडाका सदस्य साथै स्थानीय ७० भन्दा बढिले साक्षरता अभियानमा भाग लिएका थिए ।

बैंकले चालु आर्थिक वर्षमा देशभर रहेका ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।