११ जेष्ठ २०८१, शुक्रबार 1716567884
समाचार

डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग

काठमाडौँ । डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
भाटभटेनी सुपरमार्केटले ‘एक स्वस्थ भविष्यको निर्माणमा हाम्रो सहयोग’ भन्दै यसबारे घोषणा गरेको बताइएको छ ।

‘हाम्रो भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ ।’ सुपरमार्केटले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

डा कोइरालाको नेतृत्वमा देशका सात प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ । जसअनुसार हेपाली हाइटमा निर्माण गरिने बाल अस्पतालको एउटा पुरै ब्लक निर्माण गुरुङले निर्माण गरिदिने जनाइएको छ ।