२६ बैशाख २०८१, बुधबार 1715151100
अपराध

मादकपदार्थ सेवन गरेर महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका डीएसपीमाथि छानबिन सुरु

काठमाडौं । मादकपदार्थ सेवन गरेर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि छानबिन सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादकपदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

‘कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उहाँमाथि छानबिन गरिरहेको छ, केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ’, उनले अनलाइनखबरसँग भने, ‘उहाँलाई दशैंबाट अगाडि नै निलम्बन समेत गरिएको छ ।’

प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ । उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ ।