२४ बैशाख २०८१, सोमबार 1715039924
Uncategorized

दुई महिनामा कुल व्यापार घाटा ४.७ प्रतिशत घट्यो : राष्ट्रबैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्रबैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत छ । यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.५३ अर्ब ६१ करोडलेबचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ ।


यस्तो छ, पूर्णपाठ