२१ बैशाख २०८१, शुक्रबार 1714755683
Banner

इजरायल–प्यालेस्टिन युद्धमा मृत्यु हुनेको संख्या १५ सय कट्यो

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ ।

Smoke rises after the Israeli air strike in the Gaza Strip on Monday, Oct. 9, 2023. Israel’s military battled to drive Hamas fighters out of southern towns and seal its borders Monday as it pounded the Gaza Strip. (AP Photo/Fatima Shbair)

इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ ।

इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका छन ।

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।