२१ बैशाख २०८१, शुक्रबार 1714759945
Banner

गाजा क्षेत्रमा सबै आपूर्ती बन्द गर्न इजरायली रक्षामन्त्रीको निर्देशन

काठमाडौं । इजरायलका रक्षामन्त्रीले गाँजा क्षेत्रलाई सम्पूर्ण रुपमा नियन्त्रण लिन आफ्ना सेनालाई निर्देशन दिनुभएको छ ।

गाँजा क्षेत्रबाट विद्रोही हमास समूहले शुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा आपूर्ती भइरहेको खानेकुरा, पानी, इन्धन र विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ ।

हमास विद्रोहीको आक्रमणले आफ्ना देशमा सयौं मानिसहरुको अनाहकमा ज्यान गएको भन्दै इजरायली सरकारले हमास विरुद्ध कठोर नीति लिने जनाएको हो । आक्रमणमा परेर हालसम्ममा इजरायलमा ७ सय जनाको मृत्यू भएको समाचार छ ।

हमास समूहले एउटा साङ्गितिक कार्यक्रममा सहभागी भएका २६० जनाको आम हत्या पनि गरेका छन् ।

यसैबीचमा प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्र सङ्घको मानवीय निकाय ओ सी एच एले ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका पनि जनाएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले यो सङ्ख्या अझै बढ्ने बताएको छ ।

यसैबीचमा कतारले हमास र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धवन्दी) को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको बताइएको छ ।

इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ । एजेन्सी