१६ बैशाख २०८१, आईतवार 1714286009
Banner

एसियाडमा भारोत्तोलन खेलाडी विष्टको दुर्लभ कीर्तिमान

काठमाडौं । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।

उनले पुरुष ९६ केजी तौलसमूहमा ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान बनाएका हुन् ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा समग्रमा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।

खेल चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको थियो ।

उनले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधारे । यसअघि स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो ।