२९ बैशाख २०८१, शनिबार 1715454536
पालिका

गौरव र स्वर्णिय योजना सञ्चालनका लागि आवश्यक कार्यविधि बनाउन कामनपा अधिकारीको निर्देशन

काठमाडौँ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले काठमाडौँ महानगरपालिकाका गौरव र स्वर्णिय योजना सञ्चालनका कार्यविधि आवश्यक परे बनाउन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टीम मिटिङ् (एसएमटी) मा अहिलेसम्मका प्रगतिको जानकारी लिएपछि अधिकारीले विभागीय प्रमुखहरुलाई यस्तो आग्रह गरेका हुन् ।

यस्तै, प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, आफू मातहतका कर्मचारीलाई काममा लगाउने दायित्व विभागीय प्रमुखको रहेको बताए ।

आवश्यक जनशक्ति अभाव देखाएर काम रोक्न नमिल्ने बताउँदै उनले सोको जिम्मेवारी विभागीय प्रमुखले वहन गर्नुपर्ने बताए ।