३० बैशाख २०८१, आईतवार 1715578556
राजनीति

औद्योगिकरणका लागि थप लगानी आवश्यक छ :माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरणका लागि थप लगानीको आवश्यक रहेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ ।’

उनले जनतालाई गरिबीबाट मुक्त गर्न कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्दै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने बताए ।

उनले भने, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पुर्याउनु पर्दछ ।’