१६ बैशाख २०८१, आईतवार 1714317098
Banner

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमााडौं । १९ औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ।

मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

सो खेलको क्वाटरफाइनलमा २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो।
खेलका क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए।

कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।

भारतका रवि विस्नोई र आभेस खानले ३र३ र अर्सदिप सिंहले २ विकेट लिए। १४०९५ को अवस्थामा रहेको नेपालले सोही स्थितीमा जोरालाई गुमाएपछि थप संकटमा परेको थियो।