१५ बैशाख २०८१, शनिबार 1714280007
Banner

एसियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य  

काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालसामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको हो ।

भारतका यसस्वी जैसवालले शतकीय इंनिङ्स खेले ।उनले ४९ बलमा १०० रन जोडे । यस्तै, रुतुराज गायकवाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।