१५ बैशाख २०८१, शनिबार 1714275601
Banner

नेपालविरुद्ध भारतको सानदार शुरूआत

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले ब्याटिङमा उत्कृष्ट शुरुआत गरेको छ । टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो पावर प्ले ९६ ओभरमा उत्कृष्ट शुरूआत गरेको हो ।

९ ओभरको खेल चलिरहँदा भारतले कुनै विकेट नगुमाई ९० रन बनाएको छ । भारतका कप्तान रितुराज गाइकवाड २१ बलमा २१ रन र यशस्वी जयसवाल ३२ बलमा ६६ रन बनाएर खेलिरहेका छन् ।

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपीएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।

नेपालले टी(२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।