१५ बैशाख २०८१, शनिबार 1714262479
Banner

१९ औँ एसियाली खेलकुद : माल्दिभ्स नेपालसँग पराजित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपालले माल्दिभ्सको क्रिकेटको टिमलाई पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले १३८ रनको फराकिलो अन्तरले माल्दिभ्सलाई पराजित गरको हो ।

खेलका क्रममा नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९।४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।