२८ बैशाख २०८१, शुक्रबार 1715393833
Banner

प्रधानमन्त्रीले बोलाए मान्यता प्राप्त दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् ।

विदेश भ्रमणबाट स्वदेश फर्किएसँगए प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीसँगको छलफलपश्चात् उनले आजै ११ बजेका लागि प्रधानमन्त्री दाहालले सात दलको बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् ।

सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतका विषय समावेश रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।