२८ बैशाख २०८१, शुक्रबार 1715358284
Banner

माल्दिभ्सको राष्ट्रपति पदमा ४५ वर्षीय इन्जिनियर निर्वाचित

काठमाडौं । मालदिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै उनी सो पदमा निर्वाचित भएका हुन् ।

उनलाई प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छ।

बीबीसीका अनुसार राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट ल्याएका छन् ।

निवर्तमान राष्ट्रपति सोलिह भने भारतसँग सम्बन्ध सुधार हुनुपर्छ भन्ने विचार राख्दथे । उनले भारतसँग सम्बन्ध बलियो बनाउने कोसिससमेत गरेका थिए । नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको जन्म १९७८ मा भएको थियो ।