१७ बैशाख २०८१, सोमबार 1714422790
पालिका

बूढानीलकण्ठ १०मा निःशुल्क आँखा तथा मधुमेह परीक्षण हुने, लाभ लिन वडावासीलाई अनुरोध

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०ले वडावासीलाई निःशुल्क आँखा तथा मधुमेह परीक्षणमा सहभागी भई लाभ लिन अनुरोध गरेको छ ।

बूढानीलकण्ठ वडा नम्बर १०ले एक सूचना जारी गरी वडावासीहरुलाई यस्तो अनुरोध गरेको हो ।

निःशुल्क आँखा तथा मधुमेह परीक्षण २०८० असोज ११ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म नगर अस्पताल, बालुवाखानी, काठमाडौंमा सञ्चालन हुने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

निःशुल्क आँखा तथा मधुमेह परीक्षण वडा नम्बर १० को आयोजना तथा लायन्स क्लब आफ काठमाडौं लायन्स आँखा अस्पतालको सहकार्य र सुगम टोल सुधार समितिको सहयोगमा हुन लागेको हो ।