२१ बैशाख २०८१, शुक्रबार 1714733023
Uncategorized

राहत शिक्षकले सिठ्ठी फुकेर गरे प्रदर्शन

काठमाडौं । राहत शिक्षकहरूले सिठ्ठी फुकेर प्रदर्शन गरेका छन्।

शिक्षक संगठनको आह्वानमा विद्यालय विधेयकउपर काठमाडौंमा आएका शिक्षकहरुमध्ये स्थायी शिक्षकहरु आफ्ना माग पूरा हुने आश्वासनसहित घर फर्किए पनि राहत शिक्षकहरुले आफ्ना माग पूरा नभएको भन्दै आफ्नो आन्दोलन कायम राखेका छन् । सोही क्रममा आज उनीहरुले सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफूहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा छन्।

सुरूमा राहत शिक्षकहरू पनि नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनमा थिए। तर उनीहरूसँग सरकारले सहमति गरेसँगै राहत शिक्षकहरूले बेग्लै आन्दोलन गरिरहेका छन्। मुलुकभरका सरकारी विद्यालयमा करिब ४० हजार राहत शिक्षक छन्।