१४ बैशाख २०८१, शुक्रबार 1714172033
Banner

काष्ठमण्डपको आज राष्ट्रपतिले उद्घाटन गर्नुहुँदै

काठमाडौं । पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि आन काष्ठमण्डपको उद्घाटन हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे काष्ठमण्डप उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुनर्निर्माण शुरू भएको थियो । पुननिर्माण गरिएको यस मन्दिरमा करिब ८ हजार क्युफिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग गरिएको छ ।

मन्दिरमा १ लाख ६० हजार मा अप्पा, १५ हजार तेलिया इँटाको प्रयोग भएको छ । मन्दिरको पुनर्निर्माण सम्पन्न गर्न करिब साढे ११ करोड रुपैयाँ खर्च भएको छ ।