१७ बैशाख २०८१, सोमबार 1714424412
Banner

सरकारको डिजाइनमा सुनको धन्दा चलिरहेको छ : महासचिव पोखरेल

काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको डिजाइनमा सुनको धन्दा चलिरहेको बताउनुभएको छ । आज बिहान सुर्खेतमा पत्रकारसँग अन्तरक्रिया‌ कार्यक्रममा उहाँले सुनको धन्दा सरकारले नै गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा कसरी सुशासनमा लागेको छ भन्ने सरकार ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो ।’

महासचिव पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको भन्दा पनि अमेरिकन दबाबले अघि  बढेको बताउनुभयो । 

उहाँले ललिता निवास प्रकरणमा मुछिएकाहरूको  घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा  सीआईबीको आलोचना गर्नुभयो ।