२७ बैशाख २०८१, बिहीबार 1715316675
राजनीति

उपलब्ध स्रोतसाधनको समयमै उपयोग गर्नुपर्छ : सांसद् डा.दीनेशचन्द्र देवकोटा

काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्का अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य डा. दीनेशचन्द्र देवकोटाले नेपालको विकास अफ्ठयारोमा अवस्था रहेको बताएका छन् ।

बिहीबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालको राजनीतिक परिवर्तनको सन्दर्भ देखाउँदै राजीनतिक स्थिरता नभएसम्म आर्थिक स्थिरता पनि नहुने बताउँदै उनले यस्तो बताएका हुन् ।

प्राइभेट सेक्टरमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको बताउँदै उनले जलविद्युत् क्षेत्रमा पनि खोलामा पानी बगिरहँदा पनि विद्युत् उत्पादन हुन नसकेको बताए ।

उनले भने, ‘यस क्षेत्रमा सुधार गर्नुपर्ने धेरै छन् । तर, अन्य क्षेत्रको तुलनामा जलविद्युत् क्षेत्र गर्व गर्नलायक छ ।’
जलविद्युत् क्षेत्रको विकासका लागि मुख्यगरी इपानले पार्टीको जनवर्गीय जनसंगठन बुद्धिजीवीसँग समन्वय गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमालेमा आबद्ध बुद्धिजीवि समूहले स्थानीय तहको घोषणापत्रदेखि लिएर सबै काम गर्दै आएको उनको भनाइ छ ।
नेकपा एमालेको बुद्धिजिवी परिषद् देश विकासका हरेक क्षेत्रमा सक्रिय हुनुपर्ने बताउँदै उनले भने,‘ हामी जसरी अघि बढिरहेका छौँ । त्यस क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् । हामीले आफैँलाई गुनासो गर्यो। हामीले आफ्नै चिजलाई राम्रो भन्न सक्दैनौँ । अनि कसरी अगाडि बढ्न सकिन्छ ।’

विगतमा सिमेन्ट फ्याक्ट्री उत्पादनका लागि अर्बौ राज्यले उपलब्ध गराएको सहुलियत स्मरण गर्दै उनले ऊर्जा क्षेत्रको विकासका लागि पनि सरकारले चाहिने पूर्वाधार र आवश्यक कनेक्टिभिटीजस्ता समस्यामा सहजीकरण गर्नुपर्ने बताए

यस्तै, ऊर्जा क्षेत्रको विकासका लागि नेकपा एकालेको बौद्धिक जगतलाई पनि उपयोग गर्न सुझाव दिए । निराशाको कुरा धेरै गर्न नहुने बताउँदै उनले देश अफ्ठ्यारो अवस्थामा रहेको बताए ।

४० वर्षपछि हाम्रा खोलामा पानी नै कम हुन सक्ने भन्दै उनले समयमै उपलब्ध स्रोत साधनको उपयोगको रणनीति अपनाउनुपर्ने बताए ।