७ जेष्ठ २०८१, सोमबार 1716213263
Banner

मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरूद्ध रिट दर्ता

काठमाडौँ । कोशीमा मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आज नै मुख्यमन्त्री हिक्मत कार्कीले सपथ लिने तय छ । तर, त्यस अघि नै  निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफैँलाई मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गर्दै रिट दर्ता गर्नुभएको हो । 

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नु पर्ने उल्लेख गर्नुभएको छ । 

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको छ ।